अछाममा गठबन्धन तटबन्धनमा परिणत हुने एमाले नेता बोहराको उद्घोष

डिसी नेपाल
१४ वैशाख २०७९ १८:१५

वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले अछाममा कांग्रेसलगायत सत्ता साझेदार दलहरू बीचको गठबन्धन तटबन्धनमा परिणत हुने दाबी गरेका छन् ।

निहित स्वार्थका र सत्ता प्राप्तिका लागि बनेको गठबन्धनलाई आसन्न निर्वाचनमा जनताले तटबन्धनमा परिणत गर्ने उनले बताए । नेकपा एमाले बान्नीगढी जयगढ गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बोहराले एमालेप्रति आम नागरिकको आकर्षण र लोकप्रियता बढ्दै गएकाले अछाममा सहजै बहुमत प्राप्त हुने बताए ।

कार्यकर्ताको उत्साह र एमालेप्रति आम नागरिकको आकर्षणले बान्नीगढी जयगढ गाउँपालिकामा एमाले उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाई छ । विगतमा पाँच वर्ष कांग्रेसको विभेद, जनविरोधी कार्य र जनतामाथिको निरंकुशताका कारण यस पटक बान्नीगढी जयगढ गाउँपालिकामा एमालेलाई बहुमत प्राप्त गर्न सजिलो हुने बोहराले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *