नेतामाथि प्रहार गर्दै नुन चिनी पानीको गीत (भिडियोसहित)

डिसी नेपाल
१४ वैशाख २०७९ २२:५३
368
Shares

अमेरिका । नेपालमा चुनावको माहोल लागिरहँदा जनतालाई  सु-सूचित गर्ने जीम्मेवारी बहन गर्दै एउटा महत्वपूर्ण गीत  ‘नुन चिनी पानी’ले बाहिर ल्याएको छ।

गायिका पुस्तका खड्का र गायक केशब दाहालले गाएको गीतमा सधैं खरो ब्यङ्गमा उत्रने नुन चिनी पानीका परिकल्पनाकार अर्जुन दाहालले शब्द भरेका छन् भने मिक्सिङको काम चन्दु गोर्खालीले गरेका छन् । गीतमा संगीत उनै केशब दाहालको रहेको छ ।

अमेरिकाबाट सञ्चालित नुन चिनी पानीले बिभिन्न समायमा यस्ता समाग्री बनाउने र जनतालाई सूचित गर्ने गर्दै आएको छ।

अरुण उपत्यकाजस्तो सर्बाधिक मन पाराइएको साङ्गीतिक समूहकी मुख्य कलाकार पुस्तका खड्का यो भन्दाअघी पनि थुप्रै गीत बाहिर ल्याइसकेका गायक केशब दाहालले यो भ्रष्टाचार बिरुद्धको जागरण गीतलाई मिठासपूर्ण तरिकाले गायका छन्। गीतको समय अभाबका कारण उत्कृष्ट भिडियो बनाउन भने सकिएको छैन ।

नुन चिनी पानी अमेरिका समुहले यो गीतमार्फत केही न केही मात्र भएपनि भ्रष्टाचार बिरुद्धको अभियानमा इट्टा थप्ने काम गरेको छ। नेपाल जस्तो विकासउन्मुख देशको पहिलो समस्या भनेकै भ्रष्टाचार हो भन्दा फरक पर्दैन। तल्लो तहदेखि माथिल्लो तहसम्म सेटिङ मिलाई मिलाई भ्रष्टाचार हुने गरेको छ।

त्यो सबैलाई थाहा छ तर पनि रोकिनेवाला छैन । रोकिने कुरा त हैन झन मौलाएको अन्तर्राष्ट्रिय बिभिन्न सुचांकले देखाउने गरेको छ । त्यसको मुल कारण सही सूचनाको अभाब गरिबी र अशिक्षा हो ।

नेताहरु खुलम्खुल्ला भ्रष्टाचार गर्छन् । त्यस्ता नेतालाई दण्डित गर्नुको साटो आख्तियार र अन्य न्यायालयले छुट दिने वा देखेको नदेखेकै गर्ने नेपालको प्रबृति अब नौलो रहेन । भ्रष्टाचार प्रमाणित नै भएपनि फेरि जनता बीच लज्जित हुनुको साटो फुलमालाले स्वागत गरिन्छ । सर्बसाधरणहरुले भ्रष्टाचारबाट निर्मित समस्या नबुझेका हुन वा भ्रस्टाचारी कै जालमा फसेका हुन, भन्न मुस्किल छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *