के पुटिन रसायनिक हमलाबारे सोचिरहेका छन् ?

डिसी नेपाल
१५ वैशाख २०७९ ८:२१
92
Shares

मस्को। युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्। ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन … आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौं’, राष्ट्रपति पुटिनले भने।

उनको पछिल्लो भनाइलाई ब्यालिस्टिक मिसाइल र आणविक हतियारहरूको प्रयोगसँग जोडिएको छ। ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको उनले बताए । तर, त्यसबारे पुटिनले विस्तृत रूपमा भने खुलाएनन्।

यसअघि रुसले आणविक हमला गर्न सक्ने चेतावनी दिएको थियो। युक्रेनका सहयोगीहरूले हतियारको आपूर्ति बढाएका छन्। युक्रेनले रुसी सेनालाई पराजितको सुनिश्चित गर्ने अमेरिकाले वाचा गर्दैै आएको छ। पूर्वी युक्रेनमा आफ्नो प्रयासमा रुसी सेनालाई बाधा अड्चन आएको पश्चिमी अधिकारीहरूले बताएका छन्।

राजधानी किभबाट फर्किएपछि गत साता रुसले दोसनबास क्षेत्रलाई नियन्त्रण गर्न प्रमुख हमला गरेको थियो। तर, युक्रेनी फौजलाई पराजित गर्न कठिन भइरहेको र त्यहाँ पनि रुसले क्षति सामना गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *