नौसेनाको आधार सुरक्षा गर्न रुसले गर्‍यो डल्फिन तैनाथ

डिसी नेपाल
१५ वैशाख २०७९ ११:१०
3.3k
Shares

मस्को। रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ। युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४फेब्रुवरीमा ‘विशेष सैन्य अपरेसन’ सुरु गरेपछि डल्फिनलाई त्यहाँ सारिएको थियो।

डल्फिनलाई युक्रेनी विशेष बलहरूविरुद्ध ‘काउन्टर–डाइभर अपरेसन’ को लागि प्रयोग गर्न सक्ने युएसएनआईले भनेको छ। युक्रेनी विशेष फौजले बन्दरागहमा क्षति पु¥याउन सक्ने अनुमानमा डल्फिलन परिचालन गरिएको बताइएको छ।

रिपोर्टअनुसार सेभास्टोपोल बन्दरगाहमा धेरै रूसी नौसेना युद्धपोतहरू तैनाथ गरिएका छन्। उत्तरी जलसेनाको आधारमा उसले बेलुगा ह्वेल र सिलहरू राखेको छ । बेलुगा ह्वेलहरू ‘समुद्री जासुसी’ को रुपमा प्रयोग हुन्छन्।

सन् २०१८ मा सिरियाली युद्धका क्रममा रुसले टार्टस नौसेना आधारमा पनि डल्फिन प्रयोग गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *