फिनल्याण्ड नेटोमा सामेल हुन्छ कि हुँदैन, जान्नुहोस् मन्त्रीले के भनिन् ?

डिसी नेपाल
१५ वैशाख २०७९ ११:१३
164
Shares

काठमाडौं । फिनल्याण्डले लामो समयदेखि सैन्य तटस्थताको अडान अपनाएको छ। यो नेटोको सदस्य होइन। तर रुसले युक्रेनमा आक्रमण गरेपछि उसले आफ्नो पुरानो अडानमा विचार गरिरहेको छ ।

फिनल्यान्ड नेटोमा सामेल हुने वा नहुने विषयमा फिनल्याण्डकी युरोपेली मामिला मन्त्री टिट्टी टुप्रेनेनले बीबीसी रसियालाई युक्रेनमा रुसको आक्रमणले सबै कुरा परिवर्तन गरेको बताइन्।

“फिनल्याण्ड लामो समयदेखि नेटोको नजिकको सहयोगी भएको छ,” उनले भनिन् ‘यदि सबै कुरा पहिल्यै मिलाइएको भए यसलाई समावेश गर्न सकिन्थ्यो तर अझै पनि बहस भइरहेको छ।’

उनलाई सोधिएको थियो कि फिनल्याण्ड नेटोमा सामेल भए रसियासँग तनाव बढ्न सक्छ? यसबारे उनले भनिन्, ‘हामी कति टाढा जान सक्छौँ भन्नेमा सचेत हुनुपर्छ । यसबारे हामी आफै निर्णय गर्नेछौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *