‘रूसले अफगानिस्तानको तालिबान सरकारलाई पूर्ण मान्यता दिन सक्छ तर…’
काठमाडौं । रुसले यसअघि नै मस्कोस्थित अफगानिस्तानको दूतावासमा इस्लामिक इमिरेट्सका कूटनीतिज्ञलाई स्वीकार गरिसकेको छ र अब रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले इस्लामिक इमिरेट्सले अफगानिस्तानमा समावेशी सरकार स्थापना गरेमा रुसले पूर्ण कूटनीतिक मान्यता दिने बताएका छन् ।
रुसका विदेशमन्त्रीले वर्तमान सरकारमा इस्लामिक इमिरेट्सका सबै सदस्य रहेको र वर्तमान कार्यवाहक सरकारले आफ्नो मन्त्रिपरिषद्लाई कसरी समावेशी बनाउँछ र कस्तो दृष्टिकोण अपनाउने भन्ने कुराबाट मस्कोको अर्को कदम तय हुने बताएका छन् ।
“हामी अफगानिस्तानमा नयाँ अधिकारीहरूलाई पूर्ण कूटनीतिक मान्यता दिने दिशामा काम गर्न चाहन्छौं र हामी उनीहरूले सरकार गठन हुनुअघि गरेका वाचाहरू पूरा गर्ने आशा पनि गर्छौं,” उनले भने ‘उनीहरूले सबै तहका जनतालाई सरकारको हिस्सा बनाउनेछन् ।”
रुसी विदेशमन्त्रीले रुस इस्लामिक इमिरेट्ससँग कूटनीतिक माध्यमबाट निरन्तर सम्पर्कमा रहेको बताए । लाभ्रोफले जोड दिए ‘हामी हाम्रो दूतावास मार्फत तालिवानसँग नियमित सम्पर्कमा छौं।’
यसैबीच, देशका धेरै राजनीतिज्ञहरूले अफगानिस्तानमा समावेशी सरकार गठन नै त्यहाँका जनताको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भएको विश्वास गर्छन्।
अफगानिस्तानको राष्ट्रिय ऐक्यबद्धता आन्दोलनका इसहाक गिलानीले अफगानिस्तानमा समावेशी सरकार गठन नभएसम्म कुनै पनि देश यसलाई अहिले न भविष्यमा मान्यता दिन तयार नहुने बताउँछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment