सेकेण्ड ह्याण्ड दराज किनेर घर ल्याएर हेर्दा भित्रबाट २ करोड रुपैयाँ निस्कियो !
काठमाडौं । एक व्यक्तिले सेकेन्ड ह्यान्ड दराज किनेर घर ल्याए। तर जब उनले त्यसलाई खोलेर हेरे, उनी भित्रको दृश्य देखेर छक्क परे । वास्तवमा दराज भित्रबाट २ करोड रुपैयाँ नगद निस्कियो । उनले यो दराज अनलाइन साइट इबेबाट किनेका हुन्।
उक्त व्यक्तिको नाम थोमस हेलर हो, जो जर्मनीको बिटरफिल्डका हुन् । ‘डेली मेल’ को रिपोर्टका अनुसार थोमसले किचनमा सामान राख्नको लागि सेकेन्ड ह्यान्ड किचन क्याबिनेट किनेका थिए । यसका लागि उनले ३१ हजार रुपैयाँ तिरेका थिए । तर क्याबिनेट खोल्नेबित्तिकै उनका आँखा खुलेका खुल्यै रहे ।
वास्तवमा यो क्याबिनेट भित्रबाट उनले दुईवटा बाकस फेला पारे जसलाई खोल्दा ती बाकस भित्रबाट १ लाख ५० हजार युरो (२ करोड रुपैयाँ) रुपैयाँ नगद निस्कियो । तर, पैसा आफ्नो खल्तीमा राख्नुको सट्टा थोमसले स्थानीय प्रहरीलाई पैसा हस्तान्तरण गरे ताकि पैसा मूल मालिकसम्म पुगोस्।
Man finds £130,000 CASH in kitchen cabinets he bought on eBay https://t.co/d238Ywo4qR
— Daily Mail Online (@MailOnline) April 27, 2022
प्रहरीले अनुसन्धान गर्दा यो पैसा हल्ले सहरमा बस्ने ९१ वर्षीया वृद्धाको भएको पत्ता लगायो । यो क्याबिनेटकी पहिलो मालिक पनी ती महिला नै थिइन् । उनका नातिले क्याबिनेट बेचेका थिए, तर वृद्धाले यसभित्र नगद राखेको कुरा उनला नातीलाई थाहा थिएन।
जर्मनीमा हराएको पैसा फेला पारेमा त्यो रकम १० युरो भन्दा बढी भएमा आफ्नो साथमा राख्नु अपराध हो। यदि यस्तो अपराधमा दोषी प्रमाणित भएमा तीन वर्ष जेल सजाय हुन सक्छ। तर, इमान्दारीपूर्वक पैसा फिर्ता गर्नेलाई पुरस्कृत गर्ने कानुन छ । यस्तो अवस्थामा कुल रकमको ३ प्रतिशत थोमसलाई पुरस्कारस्वरुप दिइएको थियो । उनले ४५०० युरो (करिब ६ लाख रुपैयाँ) पुरस्कार पाए ।







डिसी नेपाल







Facebook Comment