सिमकोटमा म्यादी प्रहरी मृत फेला

डिसी नेपाल
१६ वैशाख २०७९ ७:२८
60
Shares

सिमकोट। हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

सर्केगाड गाउँपालिका-६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए ।

उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेकाेर उनी भूइँमा मृत फेला परेकाे ओझाले बताए । घटनाबारे कारण खुल्न सकेकाे छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *