झापाका दुई सदस्य निर्विरोध निर्वाचित

डिसी नेपाल
१७ वैशाख २०७९ २३:०२

झापा ।झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले)बाट उम्मेदवार बनेकी मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध निर्वाचित भएकी छिन् । उनीहरु दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *