आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव २३ मंसिरदेखि

डिसी नेपाल
२० वैशाख २०७९ ७:४०

भैरहवा। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी २३ मंसिरबाट हुने भएको छ। संघले भैरहवामा पहिलो पटक २०६१ सालबाट सुरुवात गरेको महोत्सव सात पटक सफलता गरेसँगै आठौँ महोत्सवको तयारीमा जुटेको छ।

विगतका सफलतालाई आत्मसाथ गर्देै अझै परिष्कृत र परिमार्जन तथा थप आकर्षक कार्यक्रमहरुसहित आगामी २३ मंसिरदेखि ४ पुससम्म आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव—२०७९ आयोजना गर्न लागेको संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले जानकारी दिए । महोत्सवको नारा पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय सम्वृद्धिको आधार’ भन्ने छ।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्म स्थल तथा विश्व पर्यटनको आकर्षण केन्द्र लुम्बिनीको प्रवेशद्वार सिद्घार्थनगर, रुपन्देहीका उद्योगी, व्यवसायीहरुको पेशागत हक, हित र अधिकारका लागि संघ समर्पित छ। मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एंवमा प्रविधिको बृहत् प्रदर्शनीसहित आन्तरिक र समिार्ती पर्यटनमा केन्द्रित रहनेछ।

मेलामा कृषि, उद्योग, व्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबधि, होटल, रेस्टुरेन्ट, विद्युतीय सामग्री, छाला जुत्तालगायतका ३ सयभन्दा बढी स्टल रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *