इयुको दक्षता कार्यक्रम तेह्रथुम र पाँचथरमा

डिसी नेपाल
२२ वैशाख २०७९ ८:०७

पाँचथर। युरोपियन युनियनको आर्थिक सहयोगमा पूर्वका तेह्रथुम र पाँचथर जिल्लामा ‘दक्षता’ परियोजना सुरु भएको छ। तेह्रथुम बहुप्राविधिक शिक्षालयले परियोजना सञ्चालन सुरु गरेको छ । दुई वर्षअघि स्थापना भएको शिक्षालयमा कृषि र पशु विज्ञानमा डिप्लोमा कोर्श पढाइ हुने गरेको छ ।

परियोजनाको सुरुमा सिटिइभिटीको आंगिक संस्था शिक्षालय रोजगारदाता संस्था तथा परामर्स समिति (इआइसीसी) को गठन भएको परियोजना तथा शिक्षालय प्रमुख शिव पाण्डेले बताए । प्रमुख पाण्डेका अनुसार इयुको आर्थिक सहयोगमा सिक्स परियोजना र शिक्षालयबीच भएको संझौताअनुसार इआइसीसी समिति गठन भएको हो । परियोजना आगामी चार महिना चल्नेछ ।

शिक्षालयमा रोजगारदाता र विषय विज्ञको पहुँच बढाउन, शिक्षालयबाट उत्पादित जनशक्तिसमेत रोजगारदाताले चाहेबमोजिम उत्पादन गर्ने लक्ष छ।

महेन्द्र लुइटेल संयोजक, सुरेन्द्र सुवेदी, दीपेन्द्र उप्रेती, दिलकुमारी घिमिरे, श्यामकुमार भट्टराई सदस्य र परियोजना प्रमुख पाण्डे सदस्य सचिव रहेको समिति गठन भएको हो। समितिले मासिक ९ वटा कृयाकलाप गर्दै कृषकस्तरमा दक्षता वृद्धि गर्ने उदेश्य लिएको छ ।

पशु र कृषि विज्ञानमा गत वर्षदेखि पठनपाठन सुरु भएको शिक्षालयमा भौतिक पूर्वाधारका कृयाकलाप सञ्चालन भइरहेका छन् । यो परियोाजनाले करिव ७० लाख रुपैयाँ खर्च गर्नेछ । उक्त रकम शैक्षिक सामाग्रीसमेतमा खर्च गरिने प्रमुख पाण्डेले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *