नेपाली पार्कर खेलाडी दिनेश सुनारले छैठौं पटक तोडे विश्व रेकर्ड
काठमाडौं । नेपाली पार्कर खेलाडी दिनेश सुनार छैठौं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्।
यसअघि पाँच पटकसम्म विश्व कीर्तिमान राखिसकेका सुनारले ३० सेकेन्डमा १४ पटकसम्म ‘फूल ट्वीस्ट ब्याक फ्लिप’ गरेर छैठौं पटक वल्र्ड रेकर्ड कायम गर्न सफल भएका हुन्। यो विधामा यसअघिको ११ पटकसम्मको कीर्तिमान उनले तोडेका छन्।

पार्कर खेलमा क्रियाशील रहेका दिनेश निरन्तर नयाँ विश्व कीर्तिमान बनाउँदै अघि बढिरहेका छन्। खोटाङ्को एक विकट गाउँमा जन्मिएर हुर्किएका दिनेश खेल क्षेत्रमा लागिपरेर पार्कर खेललाई नेपालमा विकास गराउने तर्फ निरन्तर लागिपरेका छन्।
दिनेश सम्झन्छन् ‘आज भन्दा १५ वर्ष अगाडि अभाबै अभाबको बीचबाट खेल सुरु गरेका थिए हुने त्यो स्थिति छैन्, धेरै अवसर अनि मौका हरु पाइरहेको छु, यो अवसर र मौकालाई शक्तिमा बदलेर नेपालको झण्डा विश्व सामु फहराइरहेको छु।’

No ads found for this position

डिसी नेपाल
Facebook Comment