पुरुषले आफ्नो प्रजनन् क्षमता बढाउन यी ५ कुराहरु खानूहोस्

डिसी नेपाल
२३ वैशाख २०७९ १४:२५

काठमाडौं । आजकाल हाम्रो खानपान वरपरको वातावरणले गर्दा पुरुषहरुमा प्रजनन क्षमतामा कमी हुने गर्दछ । केही खानेकुराले पुरुषको प्रजनन क्षमता बढाउनमा महत्वपूर्ण योगदान दिइरहेका हुन्छन् । शरीरलाई स्वस्थ राख्नको लागि पुरुषले आफ्नो पोषणको आवश्यकता सजिलै पूर्ति गर्न सक्ने आहारको सेवन गर्नुपर्छ । फलफूल, तरकारी, सम्पूर्ण अन्न, मासु र कम फ्याट डेयरीका उत्पादनहरू खानुपर्दछ । आज हामी तपाईलाई यस्ता धेरै फलफूल र तरकारीहरूका बारेमा बताउँछौँ । जसले पुरुषको प्रजनन क्षमता बढाउन र पुरुषमा ऊर्जा स्तर बढाउन सक्छ।

पुरुषका लागि सबैभन्दा महत्त्वपूर्ण खानेकुरा:

ब्रोकाउली– पुरुषका लागि आवश्यक पोषक तत्वहरूको पावरहाउस, ब्रोकाउली अद्भुत स्रोत हो। ब्रोकाउली क्यान्सर र हृदय रोग जस्ता रोगहरुलाई रोक्नको लागी पनि राम्रो मानिन्छ । यसमा भिटामिन सी, बिटा क्यारोटिन, पोटासियम जस्ता पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । ब्रोकाउलीले होमोसिस्टिनको स्तर घटाउन पनि मद्दत गर्छ। यसले एमिनो एसिडलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ, जसलाई बढ्यो भने हृदयाघात र स्ट्रोकको जोखिम पनि बढाउन सक्छ।

स्याऊ–स्याउमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ र त्यसैले स्वस्थ रहन आफ्नो खानामा स्याउ समावेश गर्नु राम्रो हुन्छ । स्याउले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनका साथै शरीरको कमजोरीलाई हटाउन मद्दत गर्छ। यसले पुरुषहरूमा वीरता र यौन कामवासनामा समेत सुधार गर्न पनि मद्दत गर्दछ।

किवी– किवीको लोकप्रियता पछिल्ला केही वर्षहरूमा बढ्दै गएको पाइन्छ । भिटामिन सी को एक धनी स्रोत, किवी स्वास्थ्यको लागी लाभदायक मानिन्छ । किनकि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । साथै इरेक्टाइल डिसफंक्शनको उपचारमा पनि फाइदाजनक छ। किवी सेवन गर्नु प्रतिरक्षा प्रणालीको लागि पनि राम्रो हुन्छ ।

केरा– केरा ऊर्जाको सबैभन्दा सस्तो र सजिलै उपलब्ध हुने स्रोत हो। पुरुषहरूले दैनिक केरा खानुपर्छ किनभने यो ब्रोमेलेन इन्जाइमको ठूलो स्रोत हो। जसले यौन शक्ति बढाउँनका साथै पुरुषहरूमा हुने नपुंसकतालाई समेत हटाउन मद्दत गर्दछ। यसले तुरुन्त ऊर्जा दिनुका साथै अन्य धेरै लाभहरू पनि पाउन सकिन्छ ।

अण्डा– अण्डा सबैका लागि निकै फाइदाजनक हुन्छ । अण्डालाई उत्कृष्ट सुपरफुड मध्ये एक मानिन्छ । अण्डामा प्रोटिन, आइरन, क्याल्सियम, भिटामिन बी, भिटामिन डी र ल्युटिन प्रचुर मात्रामा पाइन्छ। पुरुषहरूलाई आफ्नो दैनिक खानामा अण्डा समावेश गरेमा प्रजनन क्षमताम वृद्धि हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *