एउटै वडाका दुई पूर्वप्रअ वडाध्यक्ष बन्ने दौडमा

डिसी नेपाल
२३ वैशाख २०७९ १९:२४

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकामा दुई पूर्वप्रअ वडाध्यक्षको उम्मेदवार बनेका छन् । आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पूर्वप्रअ ढकबहादुर कार्की र शिवकुमार श्रेष्ठ वडाध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

डाँडाखर्क आधारभूत विद्यालयका पूर्वप्रअ रहेका कार्कीलाई कांग्रेस र शंखेश्वरी माविका पूर्व प्रअ श्रेष्ठलाई एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको हो ।

कार्की र श्रेष्ठ एकै गाउँका बासिन्दा हुन् । कार्कीसँग २७ वर्ष र श्रेष्ठसँग ३९ वर्ष शिक्षण गरेको अनुभव छ । कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका टंककुमार मगरसँग ९३ मतले पराजित भएका थिए ।

कार्की २०६४ सालमा प्रअबाट राजीनामा दिएर वडाध्यक्षका उम्मेदवार बनेका थिए । कांग्रेसले उनलाई पुनः वडाध्यक्षको टिकट दिएको हो । कार्की वडाध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने घोषणासहित चुनावी अभियानमा निस्किएका छन् ।

श्रेष्ठ भने अवकाशको समय नजिकिँदै गर्दा शिक्षण पेसा त्यागेर पहिलोपटक राजनीतिमा हाम फालेका हुन् । एकै गाउँका दुई पूर्वप्रअ बीचको निर्वाचन परिणाम बारे अनेक आकलन भइरहेको छ । तर त्यसको छिनोफानोका लागि ३० वैशाखसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *