दाङको बङ्गलाचुलीमा नमूना मतदान सम्पन्न

डिसी नेपाल
२४ वैशाख २०७९ १८:२५

दाङ। स्थानीय तह निर्वाचनमा मतदान प्रक्रिया सहज बनाउन र बदर मत काम गर्नका लागि लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले आज बङ्गलाचुली गाउँपालिका–५ लोहारपानीमा नमूना मतदान गरेको छ ।

साङ्केतिक चुनाव चिह्न राखेर बङ्गलाचुलीको वडा नं ५ का मतदातालाई नमूना मतदान गराइएको थियो । बाउन्न पुरुष र १२ महिला गरी ६४ जना मतदानमा सहभागी रहेको कार्यालयले जानकारी दिएको छ । आंशिक मत बदर भएको, सदस्यलाई मतदान गर्दा पाँचवटा मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र ज्येष्ठ नागरिकको लाइनलाई व्यवस्थित गर्न सिकाइएको थियो । नमूना मतदानमा मत बदर नहुने गरी मतपत्र पट्याउन, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारी, शाखा अधिकृत रेवतबहादुर बुढाथोकी, सूचना अधिकारी गेहेन्द्र कुँवर, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनभन्दा अहिले मतदाता सचेत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *