स्थानीय र न्यून चापीयको संयुक्त असर, आज पनि यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडाैं। हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो देशभर बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ। महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ। मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बुधबार प्रदेश १, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment