अनिल परियारको हत्याको कारण व्यक्तिगत रिसिभी

डिसी नेपाल
२६ वैशाख २०७९ १२:३४

काठमाडौं। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली कांग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन्। घटना व्यक्तिगत ‘रिसिभ’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

‘घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी)ले गरिरहेको छ। घटनाबारे विस्तृत विवरण आउन त अनुसन्धान सकिनुपर्छ। तर, व्यक्तिगत रिसिभीले घटना भएको देखिन्छ ।निर्वाचनसँग सम्बन्धित छैन’, न्युज कारखानासँग प्रवक्ता केसीले भने।

उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए। नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ। आइतबार साँझ करिब ७ : ३० बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो।

घटनामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन्। परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *