गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक
बैतडी। बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापकमाथि निर्घात कुटपिट भएको छ।
पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिडेका कार्यकर्ता विरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन्। डिलासैनी-५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ।
कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाई दिपकराज जोशीले बताए। कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रमा लिएको छ भने उनीहरूलाई स्थानियले दुई घण्टा घेराउ गरेका थिए।
प्राध्यापक जोशी स्वतन्त्र उम्मेदवार सन्तोष जोशीको प्रचार गरिरहेको भन्दै विवाद भएको हाे। शिक्षकले प्रचारमा हिड्न नहुने भनेपछि विवाद भएको भनिए पनि गोरु जोत्ने मान्छे खोज्न हिडेका बेला कुटेकाे पीडित पक्षकाे भनाइ छ।
कुटपिटमा संलग्न गाउँपालिका अध्यक्षका उम्मेदवार राना नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन भने उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन्।
कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रमा लिएको छ भने पीडित पक्षबीच गोकुलेश्वर प्रहरी चौकीका छलफल भैरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment