महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु

डिसी नेपाल
२७ वैशाख २०७९ ८:३२

कपिलवस्तु। कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ। नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन्। गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो।

उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनकाे हृदयघातको कारण मृत्यु भएको बताइएको छ। मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *