सन्जु चौधरीलाई अन्तिम श्रद्धान्जली
काठमाडौं।१३औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्व। सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली दिइएको छ ।चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झन्डा र राष्ट्रिय खेलकुद परिषद्को झन्डा ओढाएर श्रद्धान्जली व्यक्त गरे ।
प्रतिनिधिसभा सदस्य तथा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तिम श्रद्धान्जल अर्पण गरे ।यस्तै राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरूले श्रद्धान्जली व्यक्त गरेका थिए ।बाँके आदर्श टोल निवासी चौधरीको शव आजै उनको गृहनगरतर्फ लगिने संघले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment