‘चेक बाउन्स’ मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२८ वैशाख २०७९ १२:२५
360
Shares

काठमाडौं। बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्की रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनले उनलाई २०७८ चैत २५ गते बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार रहेका थिए।

खड्कीलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो।

खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *