हरेक साता दुई दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन (पत्रसहित)

डिसी नेपाल
२८ वैशाख २०७९ १७:२६
220
Shares

काठमाडौं । सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहत निकायलाई दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

‘आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य विदाबाट कटाइ पूर्ति गर्ने, यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटक पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने र विद्यालयहरुले यसैअनुसार वार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने,’ देशभरका स्थानीय तह र विद्यालयलाई बोधार्थरकार्यार्थ गरी निर्देशन दिइएको पत्रमा उल्लेख गरिएको छ ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पठाएको पत्रः

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *