इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

डिसी नेपाल
२९ वैशाख २०७९ ७:४७
72
Shares

काठमाडौं। इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएकाे हाे।

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो। इन्टरका लागि निकोला बरेला,हाकन गोल गरे। अतिरिक्त समयमा इभान पेरिसिचले महत्त्वपूर्ण दुई गोल गरे। युभेन्ट्सका लागि एलेक्स सान्ड्रो, डुसन भाल्होभिच्ले गोल गरे।

इन्टरले सन् २०११ पछि पहिलो पटक कोपा इटालियाको उपाधि जितेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *