सिन्धुपाल्चोकमा ३ केन्द्रमा मतदान जारी, ३ सय १३ केन्द्रमा सम्पन्न

डिसी नेपाल
३० वैशाख २०७९ १९:४५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएका केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालिएको छ । १२ स्थानिय तहमध्ये मेलम्ची नगरपालिकाको वडा नं. ९ ज्यामिरे, वडा नं. ५ सिन्धुकोट र त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. ३ धुस्कुनको बाहेक अरु स्थानको मतदान सकिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

ति वडामा दिउँसो भएको विवादले २ घण्टा मतदान रोकिएकोले लम्बिएको हो । अधिकांश मतपेटिकाहरु संकलन गर्दैे आउने क्रम जारी रहेको छ । भौगोलिक अवस्थाका कारण राती अबेरसम्म पनि लाग्न सक्ने निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मतपेटिका संकलन पश्चात सर्वदलीय बैठक बोलाएर त्यसको निर्णय अनुसार मतगणना कार्य सुरु हुने बताइएको छ । मतगणनाका लागि कर्मचारी र दलका प्रतिनिधिबीच दूरी कायम गराउन जालीको व्यवस्था गरिएको छ । मतगणनास्थलमा साउण्ड सिस्टम सहितको सिसिटिभी जडान गरिएको छ ।

जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा समेत सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताए । मतगणनाको क्रममा कुनै अवरोध नआएमा बढीमा तीन दिन भित्र अन्तिम नतिजा आइसक्ने आँकलन गरिएको छ ।

यसैबिच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९, ज्यामिरे स्वास्थ चौकी केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेबीच विवाद हुँदा केहि समय मतदान प्रभावित बनेको थियो । केही बरेको बिबादपछि मतदान पुन सुचारु भएको थियो ।

बाह्रबिसे नगरपालिका वडा नं.३ मा रहेको क्षमादेवी माध्यामिक विद्यालयमा मतदानका क्रममा झडप हुँदा ४ राउण्ड हवाई हायर भएको थियो । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बाह्रबिसे नगरपालिका वडा नं. १ घोर्थलीको मतदान केन्द्रमा मतदान १ घण्टा रोकिन पुग्यो ।

यस्तै त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. ३ मा रहेको मतदान केन्द्रमा विवाद हुँदा मतदान केहि समय प्रभावित बनेको थियो । मतदान केन्द्रमा एउटै मान्छेले दुई पटक मतदान गरेको भन्दै कार्यकर्ताबीच सुरु भएको झगडाले मतदान केन्द्रछेउमा ढुंगामुडा र टेबुल तोडफोड भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *