रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना, ३ जना घाइते

डिसी नेपाल
३० वैशाख २०७९ २३:४४

रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

रामेछाप नगरपालिका वडा नं १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना हुँदा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।

वडा नं‍‍ ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको रामेछाप प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *