सुर्खेतको विरेन्द्रनगरका सहायक मतदान अधिकृतको दुर्घटनामा मृत्यु

डिसी नेपाल
३१ वैशाख २०७९ १०:५५

काठमाडौं । विरेन्द्रनगर सुर्खेतमा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ ।

वीरेन्द्रनगर -३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उनको गएराति वीरेन्द्रनगर–८ मा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *