के मोदीले भगवान बुद्ध र बुद्धभूमिबारे गरिएको अपराधबारे प्रयाश्चित गर्लान् ?

डिसी नेपाल
२ जेठ २०७९ १०:०२

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ५ घण्टाका लागि नेपालको भ्रमणमा आउँदैछन्। उनी यो भ्रमणलाई विशुद्ध धार्मिक भ्रमण बनाउने र हिन्दू धर्मले विष्णुका १० अवतारमध्ये एक अवतार मानिएका भगवान गौतम बुद्धप्रति सम्मान व्यक्त गर्ने उनको प्रयास देखिएको छ।

भगवान बुद्धको जन्मस्थानमै आएर उनको जन्म दिनकै अवसर पारेर पूजा अर्चना गर्ने मोदीको यो कार्यले भारतको धार्मिक राजनीतिमा कति योगदान देला त्यो समयले देखाउला तर यो अवसर पारेर मोदी किन नेपाल भ्रमणमा आउन चाहे भन्ने कुरा भने स्पष्ट भइसकेको छैन।

भारत सरकारले उनका नेपाल भ्रमणको पूर्वसन्ध्यामा मे १३ गते नयाँ दिल्लीमा गरेको पत्रकार सम्मेलनले भने मोदीको नेपाल भ्रमणको उदेश्यप्रति आशंका जन्माइदिएको छ।

भगवानप्रति श्रद्धा भक्ति व्यक्त गर्न आउने वाहनामा फेरि पनि भववान बुद्धको जन्मभूमि नेपाल र नेपालीलाई चोट पुर्‍याउने कुनै फण्डा गरेर फर्किने हुन् कि भन्ने आशंका गर्नेहरु पनि धेरै नै छन्।

किनकि, उनको भ्रमणबारे भारतको विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले गरेको पत्रकार सम्मेलनमा दुई देशको सम्बन्धमा गम्भीर असर पार्ने अभिव्यक्ति सार्वजानिक गरिसकेका छन् त्यो पनि नेपालको सीमा हडपिएको गम्भीर विषयमा।

हरेक पटक नेपाल र नेपालीविरुद्ध कपटपूर्ण व्यवहार गर्दै आएको मोदी नेतृत्वको सरकारका लागि बुद्ध पूर्णिमाको दिन आज आफ्नो व्यवहारप्रति पश्चाताप गर्ने र भागवान बुद्धका अगाडि उभिएर विगतका अपराध स्वीकार गरी आइन्दा त्यस्ता अपराध नेपाल र नेपालीका विरुद्ध गर्ने छैन भन्ने प्रतिज्ञा गर्ने उपयुक्त दिन हो।

स्वयं मोदीले नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिकरुपमा हस्ताक्षर गरेर बनाइएको इपीजी(इमिनेन्ट पर्सन्स् ग्रुप) बारे झूठ कुरा विदेश सचिव क्वात्राले बोलेका छन्।

सन् १९५० को सन्धिमा असमान प्रवधानहरुबारे पुनरावलोकन गर्ने र दुई देशका सीमा लगायतका समस्याहरु समाधान गर्नका लागि आधिकारिक रिपोर्ट दिन दुई देशका सरकारहरुले गठन गरेको इपिजीलाई भारत सरकारले चिन्दै नचिनेको धारणा मोदी भ्रमणको पूर्वसन्ध्यामा सार्वजानिक गर्नु नेपालसँगको सम्बन्धका सुधार गर्न खोजेको भन्दा पनि नेपाल र नेपालीलाई जति बल मिच्याइ गरे पनि हुन्छ र भारत त्यो बल मिच्याइ गरिरहन्छ भन्ने सन्देश प्रवाह भएको छ।

त्यसमाथि पनि नेपालमा ३ बर्षसम्म राजदूत भएर दुई देशका बीचमा समस्याहरु र तीनको समाधानबारे प्रशस्त जानकारी हासिल गरेर पदोन्नति भएका सचिव क्वात्राले नै निर्लज्जता प्रकट गर्दै दुई देशका प्रधानमन्त्रीहरुको औपचारिक सहमतिमा बनेको सो समूह र त्यसको प्रतिवदेन अस्वीकार गर्नुले मोदी र उनको सरकार नेपालसँग सुमधुर सम्बन्ध राख्न चाहँदैन बलमिच्याँइ गरेरै र नेपालमा कठपुतलीहरुको शासन चलाएर आफ्नो प्रभुत्व कायम गरिरहन चाहान्छ भन्ने पुष्टि भएको छ।

भारत सरकारले औपचारिकरुपमा पत्रकार सम्मेलन नै गरेर दुई प्रधानमन्त्रीहरुका बीचमा लिखित समहती भई बनेको समूह र त्यसले बुझाइसकेको प्रतिवदेनबारे अनविज्ञता प्रकट गर्दा पनि नेपाल सरकार भारतसंग सम्बन्ध विग्रिएला कि भनेर मौन बसेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनका कुनै पनि नेताहरु यो विषयमा नेपाल र नेपालीका पक्षमा एक वाक्य पनि बोल्न तयार देखिएका छैनन्। बरु, भारतीय रबैया नसुनेको वा नदेखेकोजस्तो गरेर मौनता साँधेर बसेका छन्।

दुई सरकारका बीच औपचारिक सहमति भई सत्तारुढ भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीको नेतृत्वमा बनेको सो इपिजी समूहले दिएको प्रतिवदेनमा भारतीय बलमिच्याइ र नेपालविरुद्धका अपराधपूर्ण कामहरु सच्याएर दुई मुलुकका बीचमा सुमधुर सम्बन्ध कायम गर्ने कुरा उल्लेख गरिएको छ।

भारत सरकारले उनका नेपाल भ्रमणको पूर्वसन्ध्यामा मे १३ गते नयाँ दिल्लीमा गरेको पत्रकार सम्मेलनले भने मोदीको नेपाल भ्रमणको उदेश्यप्रति आशंका जन्माइदिएको छ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपालको सीमा र १९५० को असमान सन्धि पुनरावलोकन गर्ने विषयलाई अपमान गरेको मोदी सरकारले नेपाल र नेपालीमाथि सन् २०१५ मा चर्को नाकाबन्दी थोपरेर नेपाल र नेपालीलाई तहसनहस पार्ने असफल प्रयास गरेको थियो।

नेपालीहरु भोकमरीले मरुन् नेपालको अर्थतन्त्र चौपट बनोस् भन्ने अभिप्रायले महिनौं लामो नकाबन्दी लगाएर भारत पछि आफैं फिर्ता लिनु परेको थियो।

हरेक पटक नेपाल र नेपालीविरुद्ध कपटपूर्ण व्यवहार गर्दै आएको मोदी नेतृत्वको सरकारका लागि बुद्ध पूर्णिमाको दिन आज आफ्नो व्यवहारप्रति पश्चाताप गर्ने र भागवान बुद्धका अगाडि उभिएर विगतका अपराध स्वीकार गरी आइन्दा त्यस्ता अपराध नेपाल र नेपालीका विरुद्ध गर्ने छैन भन्ने प्रतिज्ञा गर्ने उपयुक्त दिन हो।

हिन्दू धर्ममा भगवानका अगाडि उभिएर आफ्ना विगतका अपराधहरु स्वीकार गर्दै आइन्दा त्यसो गर्दिन भनेर प्रतिज्ञा गरेमा विगतका सबै पाप पखालिन्छन् भन्ने विश्वास गर्ने गरिन्छ।

यदि मोदी विना कपट भगवान बुद्धप्रति सम्मान गर्न आएका हुन् भने उनले विगतमा बुद्धबारे गरेको भ्रमपूर्ण प्रचार र बुद्धभूमि नेपाल र नेपालीमाथि आफू सत्तामा आएदेखि नै दिँदै आएको दुखबारे प्रयाश्चित गर्नुपर्दछ।

तर यो सम्भावन न्यून छ बरु कुनै नेपाल र नेपालीविरुद्ध र स्वयं भगवान बुद्धबारे अर्को कुनै अफवाहपूर्ण फण्डा पो गरेर मोदी फर्किने हुन् कि भन्नेबारे नेपाल र नेपाली सचेत हुनु जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *