कांग्रेस कर्णाली सभापतिकाे गृहवडामा माओवादी विजयी, बागीभन्दा पनि पछि परे कांग्रेस उम्मेदवार

डिसी नेपाल
२ जेठ २०७९ १०:५५
136
Shares

जुम्ला। नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृहवडामा माओवादी केन्द्र विजयी भएकाे छ। कांग्रेसकाे गढ मानिँदै आएकाे चन्दननाथ नगरपालिका-५ मा माओवादीका विर्ख कार्की वडाध्यक्ष बनेका हुन्।

याे त्यही वडा हाे, जहाँबाट प्रदेश सभापति शाही, पूर्वप्रदेश जलस्रोतमन्त्री दिनवन्धु श्रेष्ठले मतदान गरेका थिए। कार्की १ सय ६८ मतसहित वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका नवराज श्रेष्ठ १ सय ४३ मतसहित तेस्राे भए । बरु टिकट नपाएपछि कांग्रेसबाट बिद्राेह गरेर बागी बनेका पूर्णप्रसाद श्रेष्ठले १ सय ४९ मतसहित दाेस्राे बने।

२०७४ को निर्वाचनमा पनि यहाँ कांग्रेसका उम्मेदवारलाई हराउँदै साेही पार्टीका बागी गोल्डेन कठायत वडाध्यक्ष बनेका थिए। तर, याे पटक भने माओवादी विजयी भएकाे हाे।

वडा सदस्यमा माओवादीका लक्ष्मी थापा (श्रेष्ठ) विजय भएकी छन्। श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् । हरिबहादुर भण्डारी (स्वतन्त्र), नामग्याल तामाङ (कांग्रेस) सदस्यमा र दलित महिला सदस्यमा काली सुनार (एकीकृत समाजवादी) विजयी भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *