भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

डिसी नेपाल
२ जेठ २०७९ १७:३२

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित भएका छन् । राई तीन हजार ६८६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले तीन हजार २५८ मत प्राप्त गरे। उपाध्यक्षमा पनि माओवादीकै सीता राई तीन हजार ५६१ मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ शेर्पाले तीन हजार २२४ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको वडा नं १ को वडाध्यक्षमा कांग्रेसका निम्नुरी शेर्पा र वडा नं २ मा रामबहादुर खड्का विजयी भएका छन् । वडा नं ३ मा एमालेका गोपाल राई र वडा नं ४ मा नेत्र खत्री विजयी बनेका छन् । माओवादी केन्द्रबाट वडा नं ५ मा रामप्रसाद राई, वडा नं ६ मा बमबहादुर बस्नेत, वडा नं ७ मा नवीन राई, वडा नं ८ मा सन्तोष राई र वडा नं ९ मा रोशन मगर निर्वाचित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *