एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहित जित निकाले
सर्लाही। नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि वडामा बागी उमेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएकाे छ।
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो। स्वतन्त्रबाट उम्मेदवारी दिएका हरिबहादुर भट्टराई (हरिहर) सहितको प्यानलले प्रतिस्पर्धी भन्दा दोब्बर बढी मत सहित जित निकालेको हो । पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५५७ मत प्राप्त गरे।
निकटतम प्रतिस्पर्धामा देखिएका एमालेका उम्मेदवार हरेराम बस्नेतले भने ४२१ मत मात्र पाए । तेस्रो स्थानमा रहेको कांग्रेसका वडाध्यक्षका नवराज कुशवाहाले ३४४ मत प्राप्त गरे ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment