नवौं राष्ट्रिय खेलकुद सर्ने

डिसी नेपाल
३ जेठ २०७९ १०:२७
120
Shares

काठमाडौं। यसै महिनाको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ।

कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा हुने तय भइसकेको थियो।

तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बताए।

प्रतियोगिता सर्ने भएसँगै दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने तयारी भइरहेको छ। नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा मात्र सार्वजनिक भएको छ। यस्तै ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *