वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा

डिसी नेपाल
३ जेठ २०७९ ११:३१
88
Shares

काठमाडौँ।  वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन्। उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन्।

उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ। योसँगै वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ।

डा. यादव देशकै चर्चित अर्थोपेडिक सर्जनमध्येका एक हुन् । खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घूँडा लगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *