काभ्रेको पाँचखाल-१३ मा कडा सुरक्षाबीच मतदान जारी

डिसी नेपाल
३ जेठ २०७९ १५:४३
52
Shares

काठमाडौं।३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका–१३ को मतदान कडा सुरक्षाबीच मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो ।

३० वैशाखमा विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको हो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो । दुई वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *