उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते
उदयपुर। उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कारमा सवार मोरङको बिराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाई रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका कार चालक सहित ४ जनालाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर लगिएको छ। बा २५ च ७८१९ नम्बरको कार हिजो बेलुकी पौने ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी नेपालटारले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment