विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै
विराटनगर। विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले १४ हजार ६१ मत ल्याएर अग्रस्थानमा रहेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सागर थापाले १० हजार ६९२ र स्वतन्त्र उम्मेदवार उमेश यादवले चार हजार ५०१ मत प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १२ हजार २३२ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनको प्रतिस्पर्धी गठबन्धन दलबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले सात हजार ४४० र राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले तीन हजार ४७० मत प्राप्त गरेकी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment