झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी
झापा। बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ।
अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार १४८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले चार हजार ३६१ मत प्राप्त गरे।
यसैगरी उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले छ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले चार हजार १९५ मत प्राप्त गरे।
सात वडा रहेको बाह्रदशीमा चारमा कांग्रेस तथा एक/एक वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजयी बनेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment