खजुरा गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

डिसी नेपाल
४ जेठ २०७९ १८:३०

बाँके । खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र  उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी मञ्जु मल्लले  १० हजार ३४ मत ल्याएर निर्वाचित भएको खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

विकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा मञ्जु मल्लले निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशालाई पराजित गरेकी छिन् । उनले आठ हजार ९१ मत ल्याएकी थिइन् ।

विसं २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ ।

अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *