हेटौडामा मतदाताले उम्मेदवारलाई गाली गर्दै मतपत्रमा लेखे ‘नो भोट’

डिसी नेपाल
४ जेठ २०७९ १९:५३
1.2k
Shares

काठमाडौं । हेटौडा उपमहानगरपालिकाको मतपत्रमा एक मतदाताले उम्मेदवारहरुलाई गाली गर्दै ‘नो भोट’ लेखेको भेटिएको छ ।

हेटौडा उपमहानगरपालिका वडा नं ४ को मतगणनाको क्रममा मतदाताले मतपत्रमा ‘नो भोट’ लेख्दै मतदान गरेको मतपत्र भेटिएको हो ।

मतपत्रमा ‘मेरो मत चोर नेताहरुलाई नो भोट’ लेखिएको छ ।

उक्त  मतपत्रमा कुनै पनि चिन्हमा स्वस्तिक छापको प्रयोग  गरिएको छैन ।

मतपत्र भेटिएपछि राजनीतिक दलका प्रतिनिधिहरुलाई देखाउँदा  कुनै प्रतिक्रिया नदिएको मतगणनामा संलग्न एक कर्मचारीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *