काठमाडौंको मेयरमा अग्रता लिइरहेका बालेनको घरमा लक्ष्मीको आगमन

डिसी नेपाल
५ जेठ २०७९ १३:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको जीवनमा अर्को खुसी थपिएको छ । उनी आज छोरीका काका समेत बनेका छन् । बालेनका दाजु कौशल शाहकी छोरी जन्मिएकी छिन् ।

मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला घरमा छोरी जन्मिनुलाई उनका समर्थक एवं शुभचिन्तकहरुले शुभ संकेत भन्दै दोहोरो बधाइ दिएका छन् । यो समाचार तयार पार्दासम्म बालेनले २२ हजार मत पाइसकेका छन् र उनको अग्रता ११ हजार भन्दा धेरै भइसकेको छ ।

*यसअघि असावधानीवश बालेनकै छोरी जन्मिएको भन्ने समाचार प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं । सं.




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *