ब्युटी प्याजेन्ट बलात्कार घटनाः आरोपी मनोज पाण्डे पक्राउ

डिसी नेपाल
७ जेठ २०७९ १८:३२

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् ।

मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।

ती युवतीले आठवर्षपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डेले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको बताएकी छन् ।

यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।

बुधबार भिडियो क्लीप सार्वजनिक भएपछि गृहमन्त्रालयले त्यसमा चासो देखाएको थियो । त्यसपछि प्रहरी प्रधानकार्यालयले एसएसपीको नेतृत्वमा छानविन समिति बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *