मकवानपुरको इन्द्रसरोवरमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

डिसी नेपाल
७ जेठ २०७९ २१:४२

हेटौंडा । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन । हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना४च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किँएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *