कैलालीमा ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु

डिसी नेपाल
८ जेठ २०७९ ११:४५

कैलाली। कैलालिको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन्।

मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सबिता कँडेल रहेकी छन्। घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको छ।

आज विहान ७ बजे कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले सुदुर पश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *