उपत्यकामा एकैदिन १७ सय ५२ चालकमाथि कारवाही, ८७ जना मापसे गरी सवारी चलाउने
फाइल फाेटाे।
काठमाडौं। ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ७५२ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा कारवाही गरिएको हो।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०८ जना, मदिरा पिएर सवारी साधन चलाउने ८७ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना रहेका छन्।
यस्तै, तिब्र गतीमा सवारी साधन चलाउने ७२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६९ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना चालकमाथि पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment