रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
९ जेठ २०७९ ११:४८

रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गएराती ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रयाक्टर चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *