मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद

डिसी नेपाल
९ जेठ २०७९ १३:३०

मकवानपुर। प्रहरीले मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद गरेको छ। थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *