यौन दुर्व्यवहार गरेको आरोपमा सेण्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ

डिसी नेपाल
१० जेठ २०७९ १२:५६
1.8k
Shares

काठमाडौं। सेण्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी पक्राउ परेका छन्। कलेजमा अध्धयनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।

चावहिलस्थित सेण्ट लरेन्समा अध्यनरत एक छात्रालाई कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेपछि उनी पक्राउ परेका हुन्। कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले कलेज पोशाकमै काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेका हुन् ।

कलेजका कोअर्डिनेटर अधिकारीले दुई महिना यता लगातार सामाजिक सञ्जाल र कक्षा कोठमा ती छात्रामाथि यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ। अधिकारीले यस्तो कुरा अरुलाई गरेका ती किशोरीलाई रेस्टिकेड गरिदिने भन्दै धम्की दिने, क्याफेमा शरीरका संवेदनशील अंगमा छुने गरेको समेत आरोप लगाइएको छ।

कोअर्डिनेटरले फेसबुकमा पनि किशोरीलाई दुर्व्यवहार गरेको ती किशोरीको आरोप छ। ‘तिमीले मिनिस्कर्ट लगाको कस्तो सेक्सी देखिएको कमेन्ट गर्ने, ‘विल यु बि माई बेड पार्टनर?’, ’तिम्रो घर टाढा छ मेरो घरमै बस, भाडा पनि लिदिनँ, गाडी भाडा पनि मै दिन्छु, कलेजमा पनि फ्री गरिदिन्छु, तिमीले मेरो बेडको स्याटिस्फ्याक्सन पूरा गरिदिनुपर्‍यो’ भन्थे’, ती किशोरीले आरोप लगाएकी छिन्।

प्रर्दशनमा रहेका विद्यार्थीहरूका अनुसार सेन्ट लरेन्स कलेज प्रशासनमा महिलामाथिको दुर्व्यवहार सहन नसकिने भनेर यसअघि नै विद्यार्थीहरूलाई सचेत गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *