न्यूयोर्क सरकारद्वारा आधिकारिक रुपमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस घोषणा

डिसी नेपाल
१२ जेठ २०७९ १७:०६
72
Shares

काठमाडौं। अमेरिकाको न्यूयोर्क सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई मान्यता दिएको छ । सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला परेको दिन मे ९ लाई नेपालले यसअघि नै अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा घोषणा गरिसकेको छ ।

मंगलबार न्यूयोर्कको अल्बानीमा मंगलबार आयोजित घोषणा कार्यक्रममा न्यूयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमार र गभर्नर क्याथी होचेलले संयुक्त रुपमा एसेम्बली हलबाट अन्तर्राष्ट्रिय सगरमाथा दिवस घोषणा गरेका हुन् । युएस नेपाल क्लाइम्बर्स एसोसिएसन इंकले यो घोषणाप्रति खुसी व्यक्त गर्दै यो घोषणाले नेपालीको प्रतिष्ठाले अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ पाएको बताएको छ ।

एसोसिएसनले एक वक्तव्यमार्फत दिएको जानकारी अनुसार घोषणा कार्यक्रममा प्रमुख अतिथि नेपाली महावाणिज्यदूत विष्णु प्रसाद गौतम, अतिथिहरु युनाइटेड शेर्पा एसोसिएसनकी अध्यक्ष छिरिङ शेर्पा, एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पा, युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका सल्लाहकार भेनिसा ओब्राइन, मेम्बर अफ क्विन्स कम्युनिटी बोर्ड ३ तथा युनाइटेड शेर्पा एसोसिएसनका पूर्व अध्यक्ष उर्गेन शेर्पा, फिप्ना सभामुख सुवर्ण शाक्य लगायत विभिन्न संस्थाका प्रतिनिधि र पर्वतारोहीहरुले शुभकामना दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *