कृष्णपुर स्वास्थ्य चौकीमा चौबीस घण्टे सेवा सञ्चालन

डिसी नेपाल
१८ जेठ २०७९ १२:२२

कञ्चनपुर। कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन स्वास्थ्य चौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ।

आगामी असार १ गतेदेखि स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको छ। स्वास्थ्यचौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो। प्रसूति सेवासहित अन्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सेवा २४ सौं घण्टा उपलब्ध गरानका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताए।

“सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्यचौकीमा २४ सैँ घण्टा सेवा प्रदानका लागि स्वास्थ्यकर्मी व्यवस्थापनको कार्यलाई अगाडि बढाएका छौँ”, उनले भने, “सार्वजनिक बिदा र कार्यालय बिदा भएपछि सर्वसाधारणले स्वास्थ्यचौकीबाट सेवा पाउनबाट वञ्चित रहनुपर्ने अवस्था थियो, त्यसको अब अन्त्य हुने भएको छ ।”

नियमितरुपमा सञ्चालन हुँदै आइरहेको सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालमा रहेका सेवालाई नै नियमित २४ घन्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले जानकारी गराए।

कृष्णपुर स्वास्थ्यचौकीमा मात्रै २४ घण्टे सेवा सञ्चालन गर्ने निर्णय भएको उल्लेख गर्दै उनले बिरामीको चाप र आवश्यकताका आधारमा अन्य स्वास्थ्यचौकीमा समेत सेवा उपलब्ध गराउने समय विस्तार गर्दे लैजाने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *