कहिले उठ्छ काठमाडौंको फोहोर? सडक र चोक दुर्घन्धित (तस्वीरहरु)
काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहोर संकलन नगर्दा काठमाडौंका सकड र चोक दुर्घन्धित बनेका छन्। नुवाकोटको सिसडोलमा स्थानीयले फोहोर विसर्जन गर्न अवरोध गरेपछि काठमाडौंको फोहोर उठ्न सकेको छैन।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल केही दिन अगाडि सिसडोल पुगेर फोहोर व्यवस्थापन गर्न दिन स्थानीयसँग आग्रह गरेका थिए। तर स्थानीयबासीले आफूहरुको माग पूरा नभएसम्म फोहोर बिसर्जन गर्न नदिने अडानमा छन्।

मेयरमा निर्वाचित भएपछि बालेनले काठमाडौंको फोहोर व्यवस्थापनलाई प्रमुख रुपमा सम्वोन गर्ने भन्दै आफ्नो नेतृत्वमा समिति पनि बनाएका छन्।
















No ads found for this position
प्रतिक्रिया


Facebook Comment