नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

डिसी नेपाल
२३ जेठ २०७९ १९:२०

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँचजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । गृह मन्त्रालयको सिफारिसका आधारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीमा बढुवा गरेको हो ।

डीआईजीहरु उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी , मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय खारेज गरेको छ ।

सरकारले यही जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो ।

दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो । यससँगै सरकारले असारबाट लागू हुनेगरी आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *